देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं – ४ मा कांग्रेसका गगन थापाको अग्रता

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत प्राप्त गरेका छन् । हालसम्म १५ सय ११ मत गणना गरिएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले ६५, मत प्राप्त गरेका छन् ।

पहिलो चरणमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट गणना सुरु गरिएको हो । त्यसैगरी क्रस खुकुरी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार अर्जुनप्रसाद प्रसाईं २८ र हाम्रो नेपाली पार्टीका अर्जनकुमार राणाले १९ मत प्राप्त गरेका छन् ।