देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोटाङका एमाले शक्तिशाली नेताहरु कांग्रेसमा प्रवेश

देशान्तर

खोटाङ । खोटाङमा नेकपा एमालेका प्रभावशाली नेताहरुनै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दोस्रो चरणमा हुन गईरहेको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई जित हाँसिल गराउँन भन्दै एमाले खोटाङका शक्तिशाली नेताको रुपमा मान्ने त्यस क्षेत्रका प्रभावशाली नेताद्धय राजु ढकाल र सन्तोष श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेताद्धय ढकाल र श्रेष्ठसहित २ दर्जन भन्दा बढि एमालेका कार्यक्रता सहित उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस खोटाङले जनाएको छ । ढकाल र श्रेष्ठ खोटेहाङ गाँउपालिकाका हुन् ।

नेकपा एमालेका साँसद विशाल भट्टराईको क्षेत्र रहेको उक्त गाँउपालिकाका दुवै नेताले एमालेका गाँउका कार्यक्रतासहित कांग्रेसलाई जित हाँसील गराउँन भन्दै प्रवेश गरेका हुन्, उनीहरुले दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न पनि सवैमा अपिल गरेका छन् । नेपाली कांग्रेसको पार्टि कार्यालय दिक्तेलमा उनिहरु प्रवेश गरेका हुन् ।

कांग्रेसका यूवा नेता चन्द्र केसीको समन्वयमा उनिहरु एमाले पार्टि परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको जनाईएको छ । एमाले खोटाङ्का यूवा तथा शक्तिशाली नेताका रुपमा रहेका श्रेष्ठ र ढकालले खोटेहाङ गाँउपालिकामा जुनसुकै परिस्थितिमा पनि अव कांग्रेसको जित सुनिच्छित रहेको जनाएका छन् ।

उनिहरुलाई स्वागतका लागि नेपाली काँग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, महासमिति सदस्य तथा प्रभावशाली नेता शुवासकुमार पोखरेल, पूर्व सभासद हिरा गुरुङ, महासमिति सदस्य रविप्रकाश राई, यूवा नेता भुपेन्द्र राई, महेन्द्र कट्वाल, यूवा नेता सुमनवावु आचार्य, महिला नेतृ डिल्लीकुमारी आचार्यलगायतका नेताहरुको उपस्थिति रहेका थिए ।