देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्सवमय चुनाव हुने छ : प्रधानमन्त्री दाहाल

देशान्तर

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको चुनाव समयमै हुनेमा सबैलाई ढुक्क रहन आग्रह गरे ।

जनकपुरमा नेकपा माओवादी केन्द्र, प्रदेश नं २ को पोलिटब्युरो बैठकलाई सम्बोधन गर्नुअघि पत्रकारसँग कुरा गर्दै उनले मधेसमा चुनाव उत्सवमय हुने बताए । उनले मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर छन् भन्दै पहाडमा भन्दा मधेसमा बढी मत खस्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट मधेसको केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यमले पूरा हुने विश्वास दिलाए । प्रधानमन्त्री आजै राजधानी फर्कने कार्यक्रम छ ।