देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टेलिकमद्वारा निर्वाचन अफर उपलब्ध

देशान्तर

काठमाडौँ – नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ।

आगामीमंसिर ४ गते सम्पन्न हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको हो ।

यस अफर मार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ । यसै गरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एकदिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यो अफरआज (२०७९ कात्तिक २७) देखिआगामीमंसिर ११गते सम्म उपलब्ध हुनेछ ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी सो सुविधाखरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।