ढाका- नेपालले बंगलादेशमा आयोजना भएको यू १५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपाली महिला टोलीको कुनै पनि उमेर समूहको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।
खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । खेलको ८९ औं मिनेटमा बंगलादेशले पाएकाे पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरेसँगै नेपाल च्याम्पियन बनेको हो ।
प्रतिक्रिया