देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र डेसानको टिजर सार्वजनिक

देशान्तर

काठमाडौँ – नेपाली चलचित्र डेसानको टिजर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वाजनिक गरिएको हो । नवलपरासीमा छायांकन भएको चलचित्रमा अभिनेत्री नम्रता सापकोटासँगै भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कोरोना भाइरसको बेलामा सुटिङ गरिएको थियो । चलचित्रमा गाउँ समाजमा भएका घटनाहरुलाई समावेश गरिएको छ ।

सामाजिक कथावस्तु बोकेको चलचित्र आगामी मंसिर २३ गते चलचित्र सार्वजनिक हुनेछ । चलचित्रमा अभिनेत्री सापकोटा विवाहित महिलाको भुमिकामा छिन् । चलचित्रमा उनलाई स्वार्थी स्वभाव भएकी महिलाको भुमिकामा देख्न सकिन्छ ।

यो चलचित्रलाई कमल मगरले निर्देशन गरेका छन् ।