काठमाडौँ – युक्रेनको खेअर्सन सहरबाट सेना फिर्ता गर्ने निर्णयबाट रुस समस्यामा परेको अमेरिकाले टिप्पणी गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही समस्यामा रहेको सङ्केत गरेको बताएका छन् । उनले केही समयदेखि आफूले यस्तो कदमको अपेक्षा गरेको समेत बताएका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले मध्यावधि चुनावपछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाएका हो । युक्रेनले प्रतिरक्षा गरिरहेका बेला रुसले गरेको पछिल्लो निर्णयलाई ठूलो धक्काका रुपमा विश्लेषण गरिएको छ । साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना फिर्तीलाई गम्भीरतापूर्वक लिएको र किएभ सावधानीपूर्वक अघि बढिरहेको बताएका छन् ।
रुसले हिजो युक्रेनको खेअर्सन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको थियो । खेअर्सन सहर रूसले आफ्नो विशेष सैन्य अपरेसनको बेलामा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो ।
साथै रुसले गएको फेब्रुअरी २४ मा आक्रमण सुरु गरेदेखि नै रुसी सेनाबाट नियन्त्रित एक मात्र सहर हो ।
प्रतिक्रिया