देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुढाको ‘छरिएका खुशीहरु’ विमोचन

देशान्तर

काठमाडौं – जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरु’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मङ्गलबार जुम्लामा संयुक्तरुपमा उक्त सङ्ग्रहको विमोचन गरेका हुन्।

उक्त पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समाजको वास्तविक चरित्रलाई शब्द चित्रद्वारा प्रकाशमा ल्याएर गतिलो सन्देश दिएकामा सर्जक बुढालाई धन्यवाद दिए। “समाजमा उपलब्ध यस्ता सिर्जना र प्रतिभाको संरक्षण गर्नुपर्छ,” उनले भने ।

लेखिका बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, शहीद परिवार र अपाङ्गताका समस्या र अवस्थालाई शब्दमा उतारेकी छिन्। पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालविवाह, श्रम, कार्यबोझदेखि समाजमा भएका विकृति, कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्ध सङ्ग्रहमार्फत उजागर गरिएको छ ।

यसअघि बुढाले लेख सङ्ग्रह ‘कर्णालीमा महिला’ भाग–१ र २ प्रकाशन गरिसकेकी छिन् । तेस्रो कृति ‘मुक्ति अभियान’ प्रकाशन गरेकी उनले निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरु’ चौथो कृतिका रुपमा प्रकाशमा ल्याएकी हुन्। बुढा नेकपा (माओवादी केन्द्र) जुम्लाबाट प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार पनि हुन् ।