देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक सञ्जालमार्फत हुने मित्या सूचना र दुस्प्रचारलाई रोकिने : प्रमुख आयुक्त थपलिया

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत हुन सक्ने मित्या सूचना, दुस्प्रचार र अत्यन्त घृणष्पद भिव्यक्तिलाई रोक्न निर्वाचन आयोग लागि परेको बताएका छन् ।

आज आइतबार झापाको बिर्तामोडमा निर्वाचन आयोग र नेपाल कानून समाजले आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन–सरोकारवालाहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हो ।

आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्ति बाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता व्यक्तिलाई नियमसंगत कारबाही गरिने बताए । निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्न सक्ने गरीको बातावरणका साथ यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको उनको भनाइ छ ।

झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, बारका पदाधिकारी, उम्मेदवार तथा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।