देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावमा एकतावद्ध भएर लाग्न जितेन्द्र यादवकाे आग्रह

देशान्तर

जसपा पार्टीद्वारा धनुषा क्षेत्र न. ३ (क) बाट उमेदवारी दिनुभएका जितेन्द्र यादवले प्रदेशसभा सदस्य निर्वाचनमा विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

ईटहरवामा आज आयोजित प्रदेशसभा उम्मेदवारको परिचयात्मक तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरे ।

सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ,’ उनले भने, ‘यो निर्वाचनमा हामी सबै पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ।’

आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उनले अब विकास र समृद्धिको नयाँ यात्रा धनुषा क्षेत्र न. ३ (क) बाटै सुरु हुने बताए।

‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ। अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो,’ उनले भने, ‘यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरू भएको अनुभूति दिलाउन सकेनौं र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौं भने यो परिवर्तन दिगो हुँदैन। त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरू गर्नुपर्छ।’

ज.स.पाका संघिय परिषद सदस्य नवीन यादव भन्नुहुन्छ: हामी घरदैलो कार्यक्रममा गईरहदा जनताका पीडा र दु:ख औल्याएका छौ। हामी जनताको हक हितमा निम्ति पहिले पनि लडेका थियौं, अहिले पनि लड्दै छौ र भोलि पनि लड्ने छौं ।