देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेस विजयी, महेशले भत्काए एमालेको गढ

देशान्तर

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका महेश खरेल ७३५६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र बानियाले ६८०० मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी दनुवार ७०२६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भक्तकुमारी लामाले ६६२२ मत प्राप्त गरिन् । एमालेको गढ मानिने पाँचखालमा कांग्रेस विजयी भएको छ ।