देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लामा र रञ्जना घिमिरे विजयी

देशान्तर

ललितपुर । ललितपुरको दक्षिणी भेगमा रहेको बागमती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीर बहादुर लामा विजयी भएका छन् । लामाले ३३८८ मत प्राप्त गरी भारी मत अन्तरले गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

लामाले ४३.८१ प्रतिशत मत प्राप्त गरेका हुन् । २०४६ सालबाट नेपाली काँग्रेसमा क्रियाशील लामा पार्टीको गाउँ तहदेिख नै राजनीतिमा सक्रिय हुँदै आएका हुन् माओवादी द्वन्द्वकालको समयमा क्षेत्रीय सचिव र क्षेत्रीय उपसभापति समेत भएर काम गरिसकेका वीर बहादुर लामा नेपाली काँग्रेसको १२ औँ महािधवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपप्रमुख नेपाली कांग्रेसी रञ्जना घिमिरे विजयी भएकी छिन् । उपप्रमुखमा विजयी हुन सफल घिमिरेले ३४२६ मत प्राप्त गर्न सफल भएकी छिन । खसेको मत मध्येबाट घिमिरेले ४४.३प्रतिशत मत प्राप्त गरेकी हुन् । उपप्रमुख निर्वाचित हुन सफल घिमिरे नेपाली कांग्रेसकी वर्तमान जिल्ला सदस्यसमेत हुन् । सात वटा वडा रहेको यस गाउँपालिकामा ४ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने बाँकी ३ वटा वडा नेकपा एमालेले जितेको छ ।

यस गाउँपालिकाका ९५६९ मतदाताहरू मतमध्ये ७७३३ मत खसेको थियो । जस अनुसार वडा नं १ घुसेलमा ९७३ वडा नं। २ माल्टामा १०७५, वडा नं। ३ भट्टेडाँडामा १२९७, वडा नं। ४ प्युटार १२४०, वडा नं। ५ इकुडोल १११२, वडा नं। ६ आश्राङमा ७४१ र वडा नं। ७ गिम्दीमा १२८५ मत खसेको थियो।

वडा अध्यक्षहरूमा वडा नं. १ घुसेलमा नेपाली कांग्रेसका जगत लामा, वडा नं। २ माल्टामा नेपाली कांग्रेसका विजयकुमार लो, वडा नं. ३ भट्टेडाँडामा नेपाली कांग्रेसका विजयी बिष्णुप्रसाद तिमल्सिना र वडा नं। ४ प्युटारमा नेपाली कांग्रेसका नारायण घले विजयी भएका छन् त्यसैगरी वडा नं। ५ इकुडोलमा नेकपा एमालेका राजकुमार साजन दर्लामी, वडा नं। ६ आश्राङमा नेकपा एमालेका लाल बहादुर भोम्जन र वडा नं. ७ गिम्दीमा नेकपा एमालेका नवराज सञ्जेल विजयी भएका छन् ।