देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी

देशान्तर

काभ्रे । बनेपा नगरपालिका–८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर मानन्धर ९७४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नवराज मानन्धरले ९०१ मत प्राप्त गरे ।

यस्तै बनेपा नगरपालिका– १० को वडाध्यक्षमा एमालेका चन्द्रबहादुर खड्का ८५६ मत ल्याई विजयी भएका
छन् । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका वासुदेव खत्रीले ६९९ मत प्राप्त गर्नुभयो ।

यसैगरी बनेपा नगरपालिका– ११ को वडाध्यक्षमा एमालेका शिवकुमार थापाले ४३८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका बद्रीप्रसाद शर्माले ३८५ मत प्राप्त गरे ।

यस्तै मण्डन देउपुर नगरपालिका–७ मा वडाध्यक्ष सहित पुरै समूहमा एमाले विजयी भएको छ । वडाध्यक्षमा नारायणप्रसाद लम्साल ८३५ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका गङ्गालाल श्रेष्ठले ४७५ मत प्राप्त गरे ।

त्यसैगरी पनौती नगरपालिका– ७ मा वडाध्यक्षसहित पुरै सूमहमा काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका रामचन्द्र नानसनीले एक हजार २५२ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्धन्दी एमालेका ल क्ष्मीनारायण ताम्राकारले एक हजार १२२ मत प्राप्त गरे ।