देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायाधीशले मुद्दा हेर्न नमानेपछि आईजीपी मुद्दाको सुनुवाई स्थगित

देशान्तर

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले तोकेको बृहद पूर्ण इजलासमा एक जना न्यायधीश डिआइजी नवराज सिलवालको नातेदार भएपछि विहिवार आइजीपी नियुक्ती सम्बन्धी मुद्दामा सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले सात जना न्यायाधीशको बृहत पूर्ण इजलास गठन गरेका थिए ।

इजलाशको नेतृत्व गरिरहेका न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठले आफ्नो श्रीमती र नवराज सिलवालको श्रीमतीको बीचमा नाता पर्ने भएकोले उक्त मुद्दा हेर्न नमिल्ने बताएपछि इजलाश स्थगित भएको हो ।