देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषदको बैठक बस्दै, चुनावको समीक्षा र संविधान संशोधनबारे छलफल

देशान्तर

काठमाडौं । पहिलो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएपछि दोश्रो चरणको निर्वाचनको तयारी तथा संविधान संसोधन र संसदको अधिवेशनका बिषयमा छलफल आज बिहीबार मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ९ बजे हुने बैठकमा पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको समीक्षा र आगामी जेठ ३१ गते हुने दोस्रो चरणको चुनावको तयारी विषयमा विशेष छलफल हुने बताइएको छ।

साथै, मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले उठाइरहेको संविधान संशोधनको विषयमा पनि छलफल गरिने भएको छ। संविधान संशोधनविना स्थानीय तह निर्वाचनमा सहभागी नहुने भन्दै आएको राजपा नेताहरुसित प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरिरहेका छन्। हिजो बुधबार साँझ प्रधानमन्त्री दाहमालसंगको भेटमा राजपा नेताहरुले आफ्ना माग सम्बोधन गरेर दोस्रो चरणको निर्वाचनका लागि वातावरण बनाउन आग्रह गरेका थिए।

सरकार र राजपाबीच यसअघि नै संशोधन प्रस्ताव पारित गराउन अघि बढाउने सहमति भएको थियो। यसैगरि संसदको अधिवेशन स्थागित गर्ने र वजेट अधिवेशन बोलाउने सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।