देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी

देशान्तर

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका निमा ग्याल्जेन शेर्पा ४ हजार ९ सय ४५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हस्त पण्डितले ३ हजार २ सय १३ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका कोपिला पण्डितले ४ हजार ५ सय २ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमा जाङ्मु शेर्पाले ३ हजार २ सय ८६ मत प्राप्त गरिन् ।

सो गाउँपालिकाको वडा नं १,३,४,५,६ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार क्रमशः मिङमार तामाङ, छिरिङ ह्योल्मो, राजकुमार लामिछाने, हर्कबहादुर तामाङ, सुकुराम तामाङ र खेतनाथ घिमिरे प्यानलसहित विजयी भएका छन् । वडा नं २ मा नेकपा एमालेका छिरिङ ग्याल्बो प्यानलसहित विजयी भएका छन् ।