काठमाडौँ – पछिल्लो समय डलरको मूल्य निरन्तर बढ्दै गएको छ ।
विश्व बजारमा डलरको माग बढेसँगै त्यसको असर नेपालमा पनि परेको छ ।
आज एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा पुगेको छ । त्यस्तै एक डलरको खरिददर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा रहेको छ । लगातार डलरको मूल्य बढ्दा आयातमा आधारित अर्थतन्त्र भएकाले महँगी बढ्ने गर्छ ।
तर, यो समयमा रेमिट्यान्स बढ्ने र पर्यटकले बढी खर्च गर्ने हुँदा विदेशी विनिमय सञ्चिति पनि बढ्ने गर्दछ । नेपालमा भने बढी खर्च गर्न विदेशी पर्यटकहरू नआउने हुँदा डलर बढ्दा विदेशी विनिमय सञ्चितिमा कुनै फरक नपर्ने जानकार बताउँछन् ।
प्रतिक्रिया