देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु

देशान्तर

सल्यान । विजय जुलुस मनाउँदै गर्दा नेपाली काँग्रेसका एक कार्यकर्ताको आज मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो ।