देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले थाल्यो दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी

देशान्तर

काठमाडौं । पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थापनमा सफलता पाएको निष्कर्ष सहित दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीमा सरकार जुटेको छ ।

यही जेठ ३१ गते प्रदेश एक, दुई, पाँच र सातमा दोस्रो चरणको निर्वाचन हुँदैछ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पहिलो चरणको निर्वाचनमा मतदातालाई सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकाय सफल भएको बताए।

पहिलो चरणका सुरक्षा कमजोरी सच्याउँदै अब दोस्रो चरणको सुरक्षा तयारीमा मन्त्रालय लागेको उनले बताए ।
पहिलो चरणको निर्वाचनमा कालीकोट, दोलखा, धादिङ र तनहुमा हिंसात्मक घटनामा पाँचजनाको मृत्यु भए पनि अन्य जिल्लाको हकमा खासै ठूलो घटना भएनन् ।

सुरक्षा निकायको कमजोरीभन्दा दलका कार्यकर्ताका कारण सुरक्षा व्यवस्थापनमा समस्या आएको गृहप्रवक्ता पन्थीको भनाइ छ । उनले भने, “दलहरुमा जसरी पनि आफूले जित्नुपर्ने भन्ने अस्वस्थ प्रतिस्पर्धाले केही ठाउँमा समस्या सृजना ग¥यो ।”
केन्द्रीय तहमा सुरक्षा योजना बनाई क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ ।

पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा समेत सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको प्रवक्ता पन्थीको भनाइ छ । निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको र त्यो सफल भएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए । दोस्रो चरणको निर्वाचनका लागि पनि सोही किसिमले सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ ।