देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैत्यश्वर गाउँपालिका प्रमुखमा कांग्रेसलाई पल्लाभारी बहुमतले छवी र रवि विजयी

देशान्तर

दोलखा । बैत्यश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार छवि लामा अत्यधिक बहुमतका साथ विजयी भएका छन् । निकट्तम प्रतिद्धन्दी एमालेका उम्मेद्वार ऋषि केस दाहाललाई २ हजार १५० मत अन्तरले पछि पार्दैै सात ७ हजार १७९ भारी मतका साथ लामा विजय भएका हुन ।

३५ वर्ष अघि देखी नेपाली कांग्रेसका स्वर्गिय नेता आदर्श पुरुष भिम वहादुर तामाङ र नेपाली कांग्रेस गैरिमुदीका होनाहार नेता सहिद टलक वहादुर बोम्जन संग समकक्षी भई नेपाली कांग्रेसको राजनितिमा प्रभावित भई कांग्रेसका राजनितिमा प्रबेश गरेका उनी त्यस क्षेत्रका प्रभावशाली नेता हुन । नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि हुदै, महासमिति सदस्य समेत वनिसकेका लामा हाल नेपाली कांगेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पनि हुन ।

लामा संगै नेकपा माओवादी केन्द्र वाट उपप्रमुखमा उम्मेद्वारी दिएका रविचन्द्र आचार्य पनि बहुमतका साथ ७ हजार ५५२ भारी मत ल्याई निकट्तम प्रतिद्धन्दी शान्ति माया तामाङ लाई पछि पार्दै बिजय भएका छन् । शान्तिले भने ४ हजार ४४३ मत प्राप्त गरेकि छन् ।

शान्तिलाई आचार्यले करिव ३ हजार १०९ मतले पराजित गरेका हुन । विद्यार्थी राजनिति देखी लामो समय राजनितिमा सक्रिय आचार्य शिक्षण पेसाबाट राजिनामा दिई नेकपा माओवादी केन्द्र वाट उम्मेद्वारी दिएका थिए । बैत्यश्वर उच्च माविमा प्राचार्यको रुपमा दशकौँ शिक्षण पेसामा आवद्ध आचार्यलाई बुद्धिजिवि व्यक्तिको रुपमा पनि चिनिन्छ । उनले उपमेयरको टिकट पाउने भएसी मात्र लामो समय देखीको शिक्षण पेसा बाट विश्राम लिएका हुन ।