देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईटीएफ तेक्वान्दोमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

देशान्तर

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाग्लुङमा सुरु भएको आईटीएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशले एक स्वर्ण पदक जितेको छ ।

नेपाली सेनाका धनसिंह परियार, सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गरेका छन् ।

निलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेका नेपाल आईटीएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

आईटीएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतवारदेखि सुरु हुँदैछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका २ सय ५० खेलाडी सहभागी छन् ।

आईटीएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ ।