देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै

देशान्तर

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ ।

जोशीको अक्सिजनको मात्रा घटेपछि उनलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हो । गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा सारिएको थियो ।

डेंगु संक्रमण भएपछि उहाँलाई ३ साता अघि अस्पताल भर्ना गरिएको थियो । अहिले जोशी १ सय ३ वर्षको भएका छन् ।