म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीमा राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको खुलामञ्चमा भलिबल र कालीपुलको बहुउद्देश्यीय कभर्डहलमा तेक्वान्दो प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ।
आजदेखि कात्तिक २ गतेसम्म हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सय जनाभन्दा बढी खेलाडी तथा अफिसियलहरु म्याग्दी पुग्नेछन् ।
महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित १० र तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय तथा एनआरएनसहित कुल ११ वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतिक्रिया