देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलात्कार आरोपी क्रिकेटर सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती

देशान्तर

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको अनुमती दिएको छ ।

गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई दशैं बिदाका कारण सोमबार पहिलो पटक अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक विदा परेकाले अदालतबाट उनलाई हिरासतमा राख्ने अनुमति लिइएको थिएन । सोमबार १० बजे अदालत खुल्ने भएता पनि लामिछानेलाई संचार कर्मीको आँखा छलेर विहान साढे नौ बजे नै ७ दिन प्रहरी हिरासतमा राख्न म्याद थप्न जिल्ला अदालत पुर्याएको थियो ।

उनलाई न्यायाधीश दयाराम ढकालको इजलासमा सोधपुछ गरिएको थियो । लामिछानेमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । सन्दीपलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०ले डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

प्रहरीले लामिछानेलाई बढीमा २४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।