देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैँ बिदापछिको पहिलो दिन शेयर बजार साढे ४४ अङ्कले बढ्यो

देशान्तर

काठमाण्डौ – दशैँ बिदा सुरु हुनुअघि निरन्तर घटेको शेयर बजार दशैँ बिदा सकिएपछिको पहिलो दिन आज आइतवार उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६२ अङ्कले बढेर एक हजार आठ सय ९८ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने धेरै सुधार भएन । आज दुई सय २४ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडको २२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज सप्तकोसी विकास बैंक र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।