काठमाडौँ – तेक्वान्दोकर्मी अशोक खड्काले आइतबार प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
तेक्वान्दोमा अन्तर्राष्ट्रय स्वर्ण पदक विजेता तथा प्रशिक्षक र अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी खड्काको भनाइ छ।
यसअघि खड्काले असोज १ गते प्रदेशसभा चुवनाका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए।
‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका थिए।
प्रतिक्रिया