देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्बन्धि पुस्तक बजारमा


राष्ट्रिय बिभूती जयपृथ्वी बहादुर सिंहले अन्तराष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भएका दस्तावेजहरु पुस्तकका रुपमा प्रकाशित भएको छ । सो पुस्तकलाई ह्युमानिजम एण्ड जयपृथ्वी फाउन्डेसनले प्रकाशित गरेर बजारमा ल्याएको हो ।

बिश्वका विभिन्न अन्तराष्ट्रिय पत्रपत्रिकामा जयपृथ्वी बहादुर सिंहका बारेमा छापिएका समाचार र उनले अन्तराष्ट्रिय पत्रपत्रिकामा लेखेका बिषयबस्तुलाई यो पुस्तकमा समावेश गरिएको छ । झण्डै दुई बर्ष अनुसन्धान गरेर उनका लेखहरुलाई संकलन गरिएको हो ।

यो पुस्तकका लेखक र अनुसन्धानकर्ता रोशनबहादुर सिंह रहेका छन । पुस्तकमा समावेश गरिएका बिषय बस्तुहरुले ह्युमानिज्मका बारेमा उनका बारेमा अन्तराष्ट्रिय सञ्चारमाध्यमको धारणा के रहेछ भन्ने यो पुस्तकबाट थाहा पाइनेछ ।

सिंहले मानववादलाई सिद्धान्त बनाउन आफ्नो विचारधारलाई अन्तराष्ट्रिय सञ्चारमाध्यममा त्यो बेला आफ्ना भनाईहरुलाई राखेका थिए । त्यो बेला प्रकाशित भएका तर पढ्नका लागि सहज माध्यम नभएका कारण सबै लेखहरुलाई रोशनबहादुर सिंहले अनुसन्धान गरेर पुस्तकका रुपमा तयार पारेका हुन ।

यो पुस्तकमा जयपृथ्वीका बारेमा बिश्वका बिभिन्न पत्रिकामा उनले मानतावादलाई अगाडी बढाउन कस्तो लेखहरु लेखेका रहेछन भन्ने प्रष्ट थाहा पाइनेछ ।

६० पृष्ठको यो पुस्तकलाई ह्युमनिज्म एण्ड जयपृथ्वी फाउन्डेसनले “अन्तराष्ट्रिय मञ्चमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह” भनेर बजारमा ल्याएको छ । यसअघिपनि यो फाउन्डेसनले जयपृथ्वीका बारेमा अरु पुस्तकहरुपनि बजारमा ल्याएको थियो ।

पुस्तकमा जयपृथ्वीबारे सुनेका र बझ्न नपाएका पाठकहरुलाई उनको व्यक्तित्व र उनले अगुवाई गरेको विश्व–शान्ति जागरण अभियानबारे बुझाउन समेत पुस्तक राम्रो माध्यम बन्नेछ । पुस्तकमा न्यूयोर्क टाइम्स, हेराल्र्ड, सिकागो टाइन्स, जापान टाइम्स, चाइना प्रेस, द विक्लि प्रेस जस्ता पत्रिकामा उनका बारेमा लेखिएका लेखहरु राखिएका छन । यो पुस्तक ऐरावती प्रकाशनले प्रकाशित गरेको हो ।