देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर

देशान्तर

काठमाडौं – अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

आज बिहीबार एक अमेरिकी डलर किन्न १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्ने भएको छ । युरोको मूल्य भने १२५ रुपैयाँ ७९ पैसामा झरेको छ ।

डलरको भाउ उच्च हुँदा विदेशबाट रेमिट्यान्स पठाउने नेपाली कामदारहरुलाई फाइदा हुन्छ भने निर्यात ब्यापारलाई पनि फाइदा पुग्छ । तर, पेट्रोलियम पदार्थलगायत आयात गरी ल्याइने सामानको मूल्य भने बढ्दा देशभित्र महँगीको मार पर्ने छ ।

डलर बढ्दा पर्यटन क्षेत्रलाई पनि राहत पुग्ने छ । नेपाल जस्तो आयातमा निर्भर देशका लागि डलरको भाउ वृद्धिले ब्यापार घाटा वृद्धि गर्ने छ ।

विदेशबाट कच्चा पदार्थ ल्याएर सञ्चालन भईरहेका उद्योगहरुको लागत पनि बढ्ने छ ।