देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेक्सिकोमा प्रहरी तालिम केन्द्रमा गोली प्रहार, ६ जनाको हत्या

देशान्तर

काठमाडौं – मेक्सिकोमा बन्दुकधारीले समूहले गोली प्रहार गरी ६ जना प्रहरी अधिकारीको हत्या गरेका छन् ।

उत्तरी मेक्सिकोको क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला प्रहरी अधिकारीको समुहमाथि भएको गोली प्रहारमा ५ जना प्रहरी अधिकारीको मृत्यु भएको हो ।

गोली काण्डपछि घटनास्थलमा पुगेका कानून प्रवर्तन अधिकारीमाथि पनि गोली प्रहार गर्दा १ जनाको मृत्यु भएको हो ।

यस्तै, घटनामा केही प्रहरी अधिकारी घाइते भएका छन् ।

नकाव लगाई प्रवेश गरेका बन्दुकधारी समुह गोली प्रहार लगत्तै फरार भएकोले उनीहरुको ब्यापक खोजी भईरहेको छ । आक्रमणमा लागू औषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ ।

मेक्सिकोमा लागु औषध गिरोह सक्रिय रहेकाले उनीहरुले सुरक्षाकर्मीलाई निशाना बनाउँदै आएका छन् ।