देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाखको आईपीओ निष्काशन गर्ने

देशान्तर

काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रकम बराबरका सेयर सर्वसाधारणको लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

निष्काशन गर्न लागेको रकम मध्ये पाँच करोड ४२ लाख ५८ हजार तीन सय रकम बराबरको सेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाको लागि र १० करोड ८५ लाख १६ हजार सात सय रकम बराबरको सेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एन आई सी एशिया क्यापिटल रहेको छ । संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैयाँ रहेको छ । सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ ।

निर्माणधीन माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।