देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु बैंक र चुरे हिल हस्पिटल बिच आकर्षक छुट सम्बन्धी सम्झौता

देशान्तर

काठमाडाैं – प्रभु बैंक लिमिटेड र हेटौंडा, मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह र चुरे हिल हस्पिटल प्रा.लि.का तर्फबाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले चुरे
हिल हस्पिटल प्रा.लि. द्धारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत चुरे हिल हस्पिटल प्रा.लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चुरे हिल हस्पिटल प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।