बाबियाचौर (म्याग्दी) । मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र)का गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन् ।
सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका छन् । यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गरेका थिए ।
यस्तै मालीका गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गरे छ ।
प्रतिक्रिया