देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्डोनेसियामा पनि पहिरो, ६को मृत्यु, ३ बेपत्ता

देशान्तर

जाकार्ता – इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ ।

परम्परागत सुन खानीमा गएको पहिरोमा परी अरु तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्‌सेवक लगायत परिचालित छन् ।

मृत्यु भएका र डराईरहेका सबै जना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूलाई बताएका छन् ।

“अहिलेसम्म छ ओटा शव भेटिएको छ, अरु तीन जना अझै पनि हराइरहेका छन्, हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ,” स्थानीय एक अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।

घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन् ।