देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित

देशान्तर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

मन्त्रालयका अनुसार ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा र २ हजार १ सय जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार १४४ पुगेको छ ।