देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से आज दोहोरो अङ्कले बढ्यो

देशान्तर

काठमाडौं – हिजो सोमवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज सामुदायिक लघुवित्तको शेयर १० प्रतिशत तथा अभियान लघुवित्त र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि गरिमा डिबेन्चरको शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ।
होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । २१ लाख सात हजार कित्ता शेयर ६६ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।