देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैंमा तरलता व्यवस्थापन गर्न खुला बजार कारोबार विनियमावली संशोधन गर्दै राष्ट्र बैंक

देशान्तर

काठमाडौं – दशैं बिदामा बैंकिङ प्रणालीमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली २०७८ संशोधन गर्ने भएको छ ।

यो वर्ष दशैंमा शनिबार समेत लगातार ८ दिन सार्वजनिक बिदा रहेको छ । उक्त अवधिमा बैंकिङ प्रणालीमा तरलताका कारण आउनसक्ने समस्यालाई मध्यनजर गर्दै विनियमावली संशोधन मार्फत स्थायी तरलता सुविधा (एसएलएफ) को अवधि बढाउन लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको खुला बजार कारोबार स्थिरिकरण कोषको व्यवस्था गर्ने गरी विनियमावलीमा समावेश गर्ने तयारी गरेको छ । ‘ तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।

यस्तै दैनिक तरलता सुविधालाई ओभरनाइट बनाउने बताएको केन्द्रीय बैंकले स्थायी तरलता सुविधा सरकारी ऋणपत्रको धितोमा बैंकहरुले लिंदै आएकोमा त्यसमा कडाइ गरेर अघिल्लो साताको अन्त्यमा कायम स्वदेशी निक्षेपको १ प्रतिशत मात्रै दिने व्यवस्था मौद्रिक नीतिमा गर्‍यो । यस्तै एलएलएफको अवधि पनि ७ दिनबाट घटाएर ५ दिनमा झार्ने निर्णय गरेको छ ।

उक्त व्यवस्था कार्यान्वयनमा गइसकेको छैन । सोही व्यवस्थालाई कार्यान्वयन विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने मौद्रिक नीतिमा उल्लेख थियो । त्यसलाई कार्यान्वयन गर्नेगरी संशोधन हुन लागेको विनियमावलीले दशैंमा तरलता व्यवस्थापन गर्नेबाट पनि खोल्ने राष्ट्र बैंकले जनाएको छ । हाल ७ दिनको एसलएलएफ सुविधा भएपनि दशैंमा शनिबार समेत लगातार ८ दिन बिदा रहेको छ ।

जसले गर्दा केन्द्रीय बैंक दशैं अगाडि नै हतारमा विनियमावली संशोधनमा जुटेको हो ।