दोलखा । दोलखाको जिरि नगरपालिकाको वडा नम्बर एकमा कांग्रेसका उमेदवार प्यानल सहित विजयी भएका छन् । वडा अध्यक्षमा लाक्पा शेर्पाले २ सय ९७ मत ल्याएर विजयी भएका हुन् ।
एमाले उमेदवारले १ सय ३१ मत पाएका थिए भने माओवादी उमेदवार १ सय २२ मत पाएका थिए ।
जिरि नगरपालिकाको मेयर पनि कांग्रेसको अग्रता छ । मेयरमा कांग्रेसले ३ सय १ मत पाएको छ भने माओवादीले १ सय ६६ मत पाएका छ भने एमालेले १ सय ३७ मतका साथ तेस्रो स्थानमा छ ।।
प्रतिक्रिया