देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो चौबीस घण्टामा ५१ काेराेना संक्रमित, १ सय निको

देशान्तर

काठमाडौं – पछिल्लो चौबीस घण्टामा नेपालभर ५१ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन् ।

मन्त्रालयका अनुसार ३ हजार २४ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १ सय कोरोना संक्रमित निको भएका छन्। नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार २२३ पुगेको छ ।