देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एक जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा ४ हजार १ सय २६ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार १ सय १६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर हाल १ हजार २ सय ८३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।