देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतदाता परिचयपत्रमा त्रुटीदेखिएपछि सरकारी परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आइतबार हुने मतदानअघि विभिन्न स्थानमा मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएपछि परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। मतदाता नामावलीमा नाम भएको तर परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने आयोगले जनाएको छ। तर त्यस्तो सुविधा लिन चाहाने व्यक्तिको मतदाता नामावलीमा नाम भने अनिवार्य रुपमा हुनु पर्ने आयोगको भनाइ छ।

मतदानको तीन दिनअघिदेखि नयाँ मतदाता परिचयपत्र वितरण गरिरहेको निर्वाचन आयोगले सबै मतदान केन्द्रहरुमा गरेर हालसम्म ४० प्रतिशत परिचयपत्र वितरण भइसकेको जनाएको छ। नुवाकोट, धादिङ, दोलखा, लम्जुङ, कास्की लगायत निर्वाचन हुने कतिपय जिल्लाका मतदान केन्द्रमा आएका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेको बताइएको छ। निकै हतारमा छापिएका मतदाता परिचयपत्रमा यस्तो समस्या देखिएपछि आयोगले त्यसको वैकल्पिक व्यवस्था सहितको निर्णय गरेको छ।

आयोगका सचिव गोपीनाथ मैनालीले भने अनुसार नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक शुरक्षा कार्ड जस्ता फोटो भएका सरकारी परिचयपत्र भए त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय आयोगले गरेको छ । तर त्यस्तो अवसर लिनेहरुको मतदाता नामावलीमा नाम भने अनिवार्य रुपमा हुनु पर्ने आयोगले जनाएको छ। सचिव मैनालीले भने, ‘हामीले प्राविधिक र व्यवस्थापनको पक्ष पुर्णरुपमा पुरा गरेका छौं कुनै समस्या छैन। यदि समस्या आयो भने निर्वाचन आयोगको संयन्त्र र सरकारका अंगहरु क्रियाशिल भएर लागिरहेका छन्।’ विविसी नेपाली सेवामा समाचार छ ।