देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल आज हुँदै

देशान्तर

काठमाडौँ – इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल आज हुँदैछ ।

खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । गएराति भएको दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो ।

इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे ।

टी–२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो ।

जितसँगै ७ खेलको टी–२० शृङ्खला एकरएकको बराबरी भएको छ ।

पहिलो खेलमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो।