देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज

देशान्तर

काठमाडौँ – भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ ।

खेल नागपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ । शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

अस्ट्रेलियाले पहिलो टी–२० मा घरेलु टोली भारतलाई चार विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ । तीन खेलको टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया भारतको भ्रमणमा छ ।