देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन

देशान्तर

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।

दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उनको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उनको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष थिए । सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उन चर्चामा आएका थिए ।

उनले हिन्दी चलचित्रमा समेत अभिनय गरेका थिए ।