देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो चौबीस घण्टामा ७४ जनामा काेराेना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो चौबीस घण्टामा नेपालभर ७४ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार ६१९ पुगेको छ ।