देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साबा च्याम्पियनसिप खेल्न जाने बास्केटबल टोलीको बिदाइ

देशान्तर

काठमाडौं – साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका हुन्। प्रतियोगिता यही असोज ८ देखि १४ गतेसम्म हुनेछ।

सहभागी खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन्।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा नीरञ्जन सत्याल हुनुहुन्छ । रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । नेपाली टोली यही असोज ७ गते माल्दिभ्स जानेछन्।