देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेश साफ महिला फुटबलको नयाँ च्याम्पियन

देशान्तर

नेपाली राष्ट्रिय महिला फुटबल टिम फेरि एक पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ । यसअघि ५ मध्य ४ पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो ।

सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल अन्ततः बंगलादेशसँग ३–१ गोल अन्तरले स्तव्ध हुँदा फेरि पनि उपाधि विहीन बन्न पुग्यो । नेपाललाई पराजित गरेको बंगलादेश पहिलो पटक च्याम्पियन बन्न पुग्यो । इतिहासमा दोस्रो पटक फाइनल खेलेको हो । यसअघि २०१६ को फाइनलमा बंगलादेश भारतसँग फाइनलमा स्तब्ध बनेको थियो ।

खेलको १४औं मिनेटमा साम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

उनी १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । मैदान प्रवेश गरे लगत्तै गोल गरेपछि बंगलादेशको टिमको आत्मविश्वास बढेको थियो ।

४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारेकी थिइन् । पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काउँदा उल्टै १ गोल व्यहोरेको थियो ।

७०औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएकी थिइन् ।  तर, ७७औं मिनेटमा कृष्णारानीले गोल गरेपछि बंगलादेश ३–१ को आरामदायी अवस्थामा पुगेको थियो