देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८२ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ७ सय ५३ जनाको पीसीआर र १ हजार १ सय २९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ८ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।