काठमाडौं – एनआईसी एशिया बैंकले दशैं–तिहारलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त दशैं–तिहार महोत्सव’ योजना ल्याइएको बैंकले जनाएको छ।
यस योजनामार्फत् भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त बैंकले जनाएको छ।
जसअनुसार आज शनिबारदेखि कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत ‘प्वाइन्ट अफ सेल’ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० सम्म छुट प्राप्त हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जनाएका छन्।
त्यसैगरी, सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत् प्वाइन्ट अफ सेल’ तथा मोबाइल बैंकिङमार्फत् क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुने बैंकले जनाएको छ।
विभिन्न अनलाईनमार्फत् किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ स्टोरहरूमा किनमेल गरी कार्ड एवं क्युआर भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ।
किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका लागि विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत् ई–कमर्श तथा ‘प्वाइन्ट अफ सेल’ भुक्तानी एवं बैंकका प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको जनाएको छ।
प्रतिक्रिया