देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला साफ च्याम्पियनसिप फुटबल

महिला साफमा भारतमाथि नेपालको ऐतिहासिक जीत

देशान्तर

राजधानीमा जारी महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा घरेलु टोली नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले आज चिरपरिचत प्रतिद्वन्द्वी भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

पछिल्ला ५ संस्करणको उपाधि विजेता भारत यो पटक भने सेमिफाइनलमा रोकिन पुग्यो । समूह चरणमा बंगलादेशसँग साफ इतिहासमै पहिलो हार व्यहोरेको भारत उप विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपाल ५ मध्य चार पटक फाइनलमा पुग्दा सधैं भारतसँग स्तब्ध हुँदै उप विजेता बन्दै आएको छ । उपाधिको दावेदार मानिएको नेपालले सेमिफाइनलमा भारतलाई रोकेपछि उपाधि नजिक पुगेको छ । अब नेपालले बंगलादेशसँग उपाधिका लागि सोमबार खेल्ने छ ।

आजै भएको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध फराकिलो जीत दर्ता गर्दै दोस्रो पटक फाइनलमा पुगेको हो ।

बंगलादेशले यसअघि २०१६ मा भारतविरुद्ध फाइनल खेलेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध जीत दिलाउन रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा पनि भारतमाथि दबाब कायमै राखेको थियो । भारतले पनि गोल फर्काउने थुप्रै प्रयास गरे पनि नेपाली खेलाडीले सवै प्रयास विफल पारेका थिए ।