काठमाडाैं – मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार बताए ।
स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय सञ्चार माध्यमलाई पुष्टि गरेकाे छ । यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भए लगयातका विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन्।
प्रतिक्रिया